You are here: Home आउँदो कार्यक्रमहरू Forecast of Events
Events Calendar Print help
Previous month Previous day Next day Next month
See by year See by month See by week See Today Search Jump to month
The Nepali Mela (2) Gurkha Fete
Saturday, 28 August 2010, 12:00 - 20:00
by  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it Hits : 3699

सम्पूर्ण बेलायतबासी नेपाली दाज्युभाई दिदिवहिनीहरु,


तमुिधं एसोसियसन युकेद्वारा यहि अगष्ट 2८ तारिखमा लण्डनस्थित Richmond Athletic Association, 8 Kew Foot Road, TW9 2SS मा बहुसंस्कृतिको धनी हाम्रो देश नेपाल र हामी नेपालीलाई विश्वसामु चिनाउने प्रमुख उद्देश्यले नेपाली मेलाको आयोजना गर्न लागिएको कुरा यहाँहरु समक्ष सहर्ष जानकारीसहित अनुरोध गर्न चाहान्छु ।

प्राचीनकालीन सभ्यता र संस्कृती बोकेको हाम्रो देश नेपाल भौगोलिक आकारमा अरुभन्दा सानो रहेपनि यसभित्र रहेका विविध कला संस्कृति र परम्पराको हिसाबले विश्व मानचित्रमा अरुभन्दा समृद्ध रहेको छ । हिमालदेखि पहाड र तराईसम्म र पुर्वको मेचीदेखि पश्चिममा महाकालीसम्म पुग्दा हजारौहजार विविध मौलिक भाषा, कलासंस्कृति, परम्परा, रहनसहन, भेषभूषा, मुल्य र मान्यताहरुले भरिपूर्ण गाऊँवस्तीहरु हामी पाउँछौं । हिमालमा शेर्पा, पहाडमा गुरुङ, मगर, नेवार, तामाङ्ग, थकाली तथा नेपाली द्मयाउरे संस्कृति पुर्वमा राई र लिम्बु तराईमा मैथिली, भोजपुरी र थारुका कलासंस्कृतिले िसंगो नेपाल र नेपालीमात्राको पहिचान दिईरहेको हुन्छ ।

हामीहरु परिस्थिती विशेषले नेपाली सिमाना काटी वेलायती भुमीमा रहेपनि हाम्रो भाषा, कलासंस्कृति, परम्परा र भेषभूषालाई हामीसंगै बोकेर आएका छौं । यो हाम्रो पहिचान पनि हो । यसलाई न त हामी नै त्याग्न सक्छौं, न त कसैले मेटाउन खोजेर मेटाउन सक्छ बरु समय र परिस्थिती अनुकुल परिमार्जन गर्दै यसको संरक्षण, संवद्र्धन, विकास र प्रयोग तर्फ जानुपर्ने आजको आवश्यकता हो । आज हामी वीर गोर्खाली अर्थात कुशल योद्धाको पहिचान बोक्दै बेलायती समाजको महत्वपूर्ण अंग बन्न आईपुगेका छौं । हामीसंगसंगै हाम्रो कलासंस्कृति पनि यहाँको स्थानीय कलासंस्कृतिमा महत्वपूर्ण अंग बन्न आईपुगेको छ ।

बहुसांस्कृतिक समाजको विकास गर्न खोजेको बेलायतमा आफ्नो अस्तित्वलाई बलशाली बनाउने हो भने हाम्रो पहिचानलाई उजागर गराउनै पर्दछ । त्यसको महत्वपूर्ण माध्यम नेपाली मेलाजस्तै कार्यक्रमहरु हुनसक्छन् भन्ने हामीले ठानेका छौं । नेपाली मेलामा हाम्रो पहिचान दर्शाउने विविधसंस्कृतिहरु प्रस्तुत गर्ने योजना अनुसार गुरुङहरुको टह्ोटे तथा घाँटु, मगरको कौडा, राई लिम्बुको चण्डि, धान नाच तथा उद्यौलीउभौली, नेवारको धिमे, शेर्पाको स्याप्रुक, तामाङको तामाङसेलो, तथा अन्य नेपाली नृत्य र कलासंस्कृतिलाई संयुक्त रुपमा प्रस्तुत गर्न गईरहेका छौं ।

यो कार्यक्रम तपाईको आपुनै कार्यक्रम हो । तपाईको उपस्थितीले नै यो कार्यक्रम भव्यरुपमा सम्पन्न हुन सक्छ । मेलामा विविध नेपाली सांस्कृतिक कार्यक्रमका झलकहरुका साथै विविध नेपाली परिकारका खानाहरु पनि तपाईहरुको मनोरंजन तथा सेवाको लागि प्रस्तुत गरिएको छ । वर्षभरिको कामको थकाई र बेलायती व्यस्तताको तनावलाई एकै दिन भएपनि समरको यो नेपाली मेलामा साटासाट गर्ने जमर्को गरौं । त्यसैले यो मेलामा तपाई मात्र किन? आफ्नो परिवार सहित आउनुहोस! तपाईको परिवार मात्र किन? छरछिमेक र इष्टमित्रहरुलाई पनि भेटघाट तथा भलाकुसारीको लागि डाक्नुहोस!! र नेपाली मेलालाई भव्यपुर्वक सम्पन्न गर्न सहयोग गर्नुहोस ।

तपाईको स्वागतको लागी हामी तत्पर भएर बसेका हुनेछौं ।

सुवासिङ् गुरुङ
सभापित
तमुधिं एसोसियसन, युके

 

 

---------------------------------------------------------------------------------------------------------------------------------

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,

तमु धीं यू के ले आगामी अगस्त 2८ तारिक शनिबार Richmond Athletics Association को ग्राउन्डमा नेपाली मेलाको आयोजना गर्ने कुरा त यहाँहरुलाई अवगत छ होला।

के तपाईं तयार हुनुहुन्छ त मेलामा आउनका लागि? के तपाईं कसरी कुन बाटो जाने भनी सोच्दै हुन्हुन्छ? तपाइ चिन्ता नगर्नुहोस्।  हामी  तपाईंलाई  नेपाली मेला हुने स्थान The Richmond Athletics Association को ग्राउन्ड सम्म पुग्न का लागि बाटो वा रूट देखाउने छौं।

तपाईं २ तरिका बाट मेलामा आउन सक्नुहुनेछ। मोटर वा कार बाट अथवा Underground train  बाट ।

१.From M25

यदी तपाईं कार वा गाडीबाट आउँदै हुनुहुन्छ भने M3 मोटर वे समत्नुहोस्, र लण्डन तिर लग्नुहोस्, उक्त M3 सकिएर A316 हुनेछ र एउटा पूल एउटा पुल(Thames River ko) क्रोस् गरेपछी एउटा ठुलो खुल्ला पार्क देखिनेछ। पार्कको अन्तमा over head bridge आउनेछ। त्यस्पछी ट्राफिक लाईट मा देब्रे घुम्ने बित्तिकै दाँया पट्टी मेला हुने स्थान पर्दछ। (M25 बाट झन्डै 10 miles र समय करिब 20 मिनट लग्नेछ। )

From London

Follow A 316/M3 heading south/West, After Richmond roundabout take first right at the first traffic light just before the Overhead bridge.

२. यदी तपाईं रेल बाट आउनुहुँन्छ भने, Under ground रेल बाट District Line समत्नुहोस् र Richmond Station वा आखिरी स्टेशनमा झर्नुहोस्। स्टेशन बाट निस्केर दहिने घुम्हुहोस्, एउटा Roundabout आउनेछ, Roundabout मा बाँया जानुहोस् झन्डै १०० मि पर ट्राफिक् लाईट आउनेछ, त्यहाँबाट दहिने लाग्नुहोस्, मेला हुने ठाउँ देख्नुहुनेछ।  (समय करिब ५ मिनट जती लग्नेछ।)

Thank you.

 

 

 


-------------------------------------------------------------------------

 

Nepali Mela -2 /Gurkha Fete 

The Tamudhee Association, UK is going to organize the Nepali Mela-2/Gurkha Fete in Richmond Athletic Association, 8 Kew Foot Road, TW9 2SS in London on Saturday, 28th August 2010.

 

As you know, Nepal is a Multi-Ethnic, Multi-Cultural and Multi-Dialects Country. From the top of the Himalayan Region to Lower Terrain Region and from the Mechi of Eastern Region to Mahakali of Western Region, we can find hundreds of different Ethnical Tradition, Culture and Values. This diversification itself is a national beauty of the Nepalese Society.

 

Geographically we are here far beyond the National Border of Nepal, but we live here with our own identity of different cultures, traditions and values. Respect, Promotion and Development of our Culture, Tradition and Values in the changed environment is our natural responsibility. With the high sense of Cultural Enthusiastic responsibility, Tamu Dhee, UK has set up the NEPALI FESTIVAL to bring the Diverse-Cultural Presentation together in a single venue. Tohte, Ghnatu and Sorathi from Gurungs; Kauda, Chudka from Magars; Dhan Nach, Chandi Nach from Rais and Limbus; Syapruk from Sherpas; Tamangselo from Tamangs; Lakhe Nach from Newars and Bhojpuri Nach from Madhises etc. are going to be performed in this Festival with the BBQ party and verities of Nepali foods.

 

This program is your own program. Making it a Grand Success is our main responsibility. So, come up together and let's join our ‘Hand to Hand’ and ‘Heart to Heart’ to make it a success. Yes, we did it in the Gurkha-Cup Football Tournament. We have to repeat it again this time too. Therefore, we would like to SHOUT to all our Life Members/Honorary Members and supporters for your best co-operation, that could be in different ways whatever you can, and to make your participation sure in it.

 

Thank you.

 

With kind regards,

Surje Gurung

General Secretary

 

Location : The Athletic Ground, Kew Foot Road, Richmond London TW9 2SS
Contact : Co-ordinator Chitra Gurung - This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it 07920 042697, Capt (Retd) Rajendra Gurung 07951152840, 07888 656517
For Concert Contact: Pratim Gurung: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it or 07920 432479 Saugat Gurung, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Back